गणतन्त्रमाथि आक्रमण गर्न खोजिएकाले यसको संरक्षण पत्रकारिता क्षेत्र गर्नुपर्छः मन्त्री खड्का
काठमाडाैं | चैत १७, २०८१
काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गणतन्त्रमाथि आक्रमण गर्न खोजिएको भन्दै यसको संरक्षणका लागि पत्रकारिता क्षेत्र लाग्नुपर्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले पछिल्लो समय विभिन्न शक्तिले गणतन्त्रमाथि आक्रमण गर्न खोजिरहेका भन्दै यसको जगेर्नाका लागि पत्रकारिता क्षेत्र निरन्तर पहलकदमी गर्दै अग्रपङ्क्तिमा लाग्नुपर्ने बताउनुभयो ।
“गणतन्त्रको जगेर्ना र जनतामा सत्यतथ्य सूचना पु¥याउनका लागि पत्रकार मित्रहरू र रिपोर्टस क्बलको महत्त्वपूर्ण भूमिका रहेको छ”, मन्त्री खड्काले भन्नुभयो । लोकतान्त्रिक अभियानलाई बलियो बनाउन र मुलुकमा सुशासन कायम गर्न रिपोर्टर्स क्बलले समन्वयात्मक र सहकार्यमूलक भूमिका निर्वाह गरेको मन्त्री खड्काको भनाइ छ ।
उर्जामन्त्री खड्काले जनताका आवाजलाई माथिल्लो निकायसम्म पु¥याउन रिपोर्टर्स क्लबले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो ।
“हामीले सुन्छौँ पत्रकारिताका नाममा भएका विकृतिहरूले समाजलाई सही दिशामा लगेको देखिँदैन । समाजलाई सही समयमा सही जानकारी दिन सत्यतथ्य र यथार्थपरक सूचना सम्प्रेषण गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
रुकुम पूर्व: रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । लोकमार्ग...
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिप सुरु भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु भएको च्याम्पियनसिपमा पहिलो दिन शसस्त्र...
पोखरा: पोखरा महानगर वडा नं १५ को आयोजनामा जारी वृहत खेलकुद महोत्सवमा शुक्रबार विद्यालय स्तरीय छात्रछात्रा दौड सम्पन्न भएका छन । जसअन्तर्गत छात्रा तर्फको दौडको उपाधि सेन्ट फ्रान्सिका बिजय बिकले ह...

